Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापाको मेचीनगरमा चिकित्सकसहित ४ जना समुदायका मानिसमा कोरोना भाइरसको सङ्क्रमण

२८ साउन,   खबरमञ्च,   at 1:21 PM

By   /  August 12, 2020  /  Comments Off on झापाको मेचीनगरमा चिकित्सकसहित ४ जना समुदायका मानिसमा कोरोना भाइरसको सङ्क्रमण

    Print       Email

धुलाबारी । झापाको मेचीनगर नगरपालिकामा एक चिकित्सक सहित ४ जना समुदायका मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

मेचीनगर नगरपालिका १० स्थित आम्दा अस्पतालका एक जना चिकित्सकलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

यस अघि सङ्क्रमण पुष्टि भएका मेचीनगर १० का १५ बर्षिय युवकका परिवारका दुई जना सदस्यमा समेत सङ्क्रमण पुष्टि भएको मेचीनगर नगरपालिकाले जनाएको छ।

समुदायस्तरमा गरिएको पिसिआर परिक्षणको बुधबार आएको नतिजा अनुसार मेचीनगर ७ का एक पुरुषमा पनि सङ्क्रमण देखिएको छ।

यी ४ जनासहित मेचीनगरमा सङ्क्रमितको संख्या १०० पुगेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कुलमानकाे पुनर्नियुक्तिकाे माग गर्दै धादिङमा युवाहरुकाे माेटरसाइकल र्‍याली

Read More →