Loading...
You are here:  Home  >  सुरक्षा/अपराध  >  Current Article

झापाको भद्रपुरमा चोरी गर्ने दुई जना पक्राउ

२३ भदौ,   खबरमञ्च,   at 11:37 AM

By   /  September 8, 2022  /  Comments Off on झापाको भद्रपुरमा चोरी गर्ने दुई जना पक्राउ

    Print       Email

झापा । झापाको भद्रपुर नगरपालिका-७ का राजेन्द्र गिरीको घरमा चोरी गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।

यही भदौ १ गते दिउँसो गिरीको घरमा चोरी भएको भन्ने सूचनाको आधारमा चोरीमा संग्लग्नहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका दुई जनालाई बुधवार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका-१० का २२ बर्षीय रितिककुमार शर्मा र भद्रपुर नगरपालिका-७ का रोशन राजवंशी रहेका छन् ।

उनीहरुलाई चोरी भएका मोवाइल फोन र सुनका बिभिन्न किसिमका गरगहनासहित प्रहरीले पक्राउ गरेको हो ।

चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

क्रिकेटर सन्दीप लामिछाने निलम्बित

Read More →