
जयपुर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर बुद्धशान्ति गाउँपालिकालाई समेत कार्यक्षेत्र बनाएको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले शनिवारदेखि बुद्धशान्ति गाउँपालिका २ जयपुरमा सहकारी पसल सञ्चालनमा ल्याएको छ।
जयपुर चोकमा स्थापित पारिजात डिपार्टमेन्ट स्टोरको वडाध्यक्ष दिलिप श्रेष्ठले समुद्घाटन गरेर पसलको विधिवत शुरुवात गरे। उक्त पसल करिब ५० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको धौलागिरीका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए।
सहकारी पसल उद्घाटन पछि मन्तब्य राख्दै वडाध्यक्ष श्रेष्ठले कोभिड १९ को कारण आर्थिक मन्दीले जनजीवन नै अक्रान्त पारेको विषम परिस्थितिमा धौलागिरी पारिजात सहकारीले सुपथ मूल्यको पसल सञ्चालन गरी स्थानीय बासिन्दालाई राहत पुर्याएको बताए।