Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

झापाको बुद्धशान्ति १ को वडाध्यक्षमा अनिल वाग्ले निर्वाचित

२ जेठ,   खबरमञ्च,   at 6:28 AM

By   /  May 16, 2022  /  Comments Off on झापाको बुद्धशान्ति १ को वडाध्यक्षमा अनिल वाग्ले निर्वाचित

    Print       Email

झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी भएका छन् । वाग्ले २०४३ मत प्राप्त गरि बिजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हेमन्त बरालले १३५० मत प्राप्त गरेका छन्।
राप्रप्राका गिरिराज दङ्गालले भने ७५१ मत प्राप्त गरेका छन्।

वाग्ले बुधबारे जेसीजका निवर्तमान अध्यक्ष, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तथा पूर्वेली साप्ताहिकका सम्पादकसमेत रहेका थिए ।

अध्यक्षमा वाग्लेसँगै सदस्यमा तुलसा खतिवडा रेग्मी, दलित महिला सदस्यमा सुमित्रा बिश्वकर्मा र सदस्यमा मोहन कुमार राई र लक्ष्मीप्रसाद कडेल बिजयी भएका हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेसले असार २७ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

Read More →