Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापाको बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ७९ जनाको कोरोना रिपोर्ट नेगेटिभ

१९ जेठ,   खबरमञ्च डेस्क,   at 4:18 PM

By   /  June 1, 2020  /  Comments Off on झापाको बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ७९ जनाको कोरोना रिपोर्ट नेगेटिभ

    Print       Email

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ७९ जनाको पीसीआर बिधीबाट संकलन गरिएको रिपोर्ट नेगेटिभ आएको छ ।

गत जेठ १४ गते त्यहाँ रहेका १०० जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये ७९ जनाको रिपोर्ट नेगेटिभ आएको बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिए । उनका अनुसार अरु बाँकी रहेका २१ जनाको पनि भोलिसम्ममा रिपोर्ट आउने छ ।

हाल सो क्वारेन्टाइनमा बुद्धशान्तिका सहित इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमका गरि १ सय २६ जना नागरिक रहेका छन् । क्वारेन्टाइनमा भारतकाे लखनउ, मध्य प्रदेश, कानपुर, दिल्ली, आसाम लगायतका ठाँउबाट आएका पनि धेरै रहेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आजदेखि जिम्मेवारी सम्हाल्दै नवनियुक्त आइजिपी थापा

Read More →