
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा नेकपा (एमाले)को प्यानल निर्वाचित भएको छ।
एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका अग्निप्रसाद पाण्डे निर्वाचित भएका हुन्। यस अघि पनि उनी सोही वडाका वडाध्यक्ष थिए।
उनले काँग्रेस माओवादी गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका बलराम कार्कीलाई २४६ मतान्तरले पराजित गरे।
पाण्डेले १४६९ मत ल्याउँदा कार्कीले १२२३ मत ल्याएका छन्। कार्की बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्।
त्यस्तै वडा सदस्यहरूमा एमालेका योगचन्द्र आङवुहाङ्ग, टेक बहादुर अधिकारी, यमुनादेवी आचार्य र कमला महरा दर्जी निर्वाचित भएका छन्।