Loading...
You are here:  Home  >  सुरक्षा/अपराध  >  Current Article

झापाको बिर्तामोडमा मासु व्यवसायीको हत्या

२५ असोज,   खबरमञ्च,   at 7:11 AM

By   /  October 11, 2021  /  Comments Off on झापाको बिर्तामोडमा मासु व्यवसायीको हत्या

    Print       Email

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरि हत्या गरिएको छ।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका अनुसार घाँटी र हातमा धारिलो हतियार प्रहार गरि ती मासु व्यवसायीको हत्या गरिएको हो।

बिर्तामोड ५ स्थित महानन्दचोकमा मासु पसल संचालन गदै आएका अर्जुनधारा ६ कप्तानबारी घर भएका अन्दाजी ५० वर्षीय इन्द्रक़ुमार मगरको धारिलो हतियार प्रहार गरि हत्या भएको प्रहरीले जनाएको छ।

पसलमै बसेको बेला राति करीब ८ बजे उनको हत्या भएको स्थानीयबासीले बताएका छन्।

पसल भित्र हत्या गरिएको मगरको घाटी र पाखुरामा गहिरो चोट लागेको बिर्तामोडका प्रहरी प्रमुख डिएसपी सन्तोष आचार्यले बताए।

घटनाको अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१४ ग्राम ब्राउन सुगरसहित झापाबाट एक पुरुष पक्राउ

Read More →