Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापाको बिर्तामोडमा बढ्दै कोरोना संक्रमित, चैत १७ यता ३० संक्रमित थपिए

९ बैशाख,   खबरमञ्च,   at 8:11 AM

By   /  April 22, 2021  /  Comments Off on झापाको बिर्तामोडमा बढ्दै कोरोना संक्रमित, चैत १७ यता ३० संक्रमित थपिए

    Print       Email

बिर्तामोड । पहिलो चरणमा कोरोनाको इपिसेन्टर बनेको झापाको बिर्तामोडमा दोस्रो चरणमा पनि त्यसरी नै संक्रमण विस्तार हुँदै गएको छ।

गत चैत १७ गतेयता बिर्तामोडमा ३० जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

करिव दुई महिना शून्य रहेको कोरोनाको संक्रमण चैत १७ गतेदेखि फेरि फैलिन थालेको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए।

बुधबार मात्र बिर्तामोडमा ५ जनालाई संक्रमण पुष्टि भएको छ भने मंगलबार दुई जनालाई पुष्टि भएको थियो। बिर्तामोडमा माघ ४ गतेदेखि करिव दुई महिना संक्रमण देखिएको थिएन।

दैनिकजसो संक्रमितहरु थपिदै गएको फोकल पर्सन खड्काले बताए। बिर्तामोडमा हालसम्म १३ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा जारी निषेधाज्ञा जेठ ७ सम्म थप, औषधि खरिद र उपचार गर्न बाहेक घरबाट निस्कन नपाइने (सूचनासहित)

Read More →