Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापाको कन्काई नगरपालिकामा भारतबाट तीन दिनमा आए ५५ जना

१० जेठ,   खबरमञ्च,   at 8:12 PM

By   /  May 23, 2020  /  Comments Off on झापाको कन्काई नगरपालिकामा भारतबाट तीन दिनमा आए ५५ जना

    Print       Email

सुरुंगा । झापाको कन्काई नगरपालिकामा भारतबाट विगत तीन दिनमा ५५ जना आएका नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिएका छन्।

उनीहरु सबैलाई नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए।

यो समाचार तयार पार्दा पनि प्रमुख पोखरेल झापा गाउँपालिकाको सीमा क्षेत्रबाट ल्याइँदै गरेका आफ्ना नागरिकलाई क्वारेन्टाइनमा राख्न क्वारेन्टाइन स्थलमै रहेका छन्।

शनिवार साँझ आफ्नो नगरपालिकाका ५ जनासहित झापाका विभिन्न स्थानका १४ जना लिन कन्काई नगरपालिकाको गाडी झापा गाउँपालिकाको सीमा क्षेत्र कुमरखोद गएको उनले जानकारी दिए।

अन्य स्थानीय तहका नागरिक लिन सम्बन्धित पालिकाका पदाधिकारी अहिले कन्काई गएका छन्। त्यहाँसम्म कन्काईको गाडीले उनीहरुलाई ल्याइदिने प्रमुख पोखरेलले जानकारी दिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरस सङ्क्रमितसंगै बस चढेका भद्रपुरका नगरप्रमुख श्रेष्ठ क्वारेन्टाइनमा

Read More →