Loading...
You are here:  Home  >  समाज  >  Current Article

झापाको कचनकवलमा युवक र युवती झुन्डिएको अवस्थामा मृत फेला

१० माघ,   खबरमञ्च,   at 10:48 AM

By   /  January 24, 2023  /  Comments Off on झापाको कचनकवलमा युवक र युवती झुन्डिएको अवस्थामा मृत फेला

    Print       Email

झापा । झापाको कचनकवल गाउँपालिकामा एक ठाउँमा डोरी लगाएर झुन्डिएको अवस्थामा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कचनकवल गाउँपालिका वडा नं ४ केचनाको खुट्टामुनीमा रहेको एभरेष्ट चिया बगानमा सिरिसको रुखमा पासो लगाई ती युवक र युवती झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

स्थानीय २५ वर्षिय राजेशकुमार गणेश र १८ वर्षिया पवित्रा राजवंशी मृत भेटिएका हुन् ।

विवाहको सन्दर्भमा उनीहरूका परिवारबीच विवाद भएका कारण उनीहरू झुन्डिएको हुनसक्ने अनुमान स्थानीयबासीको छ ।

गत साउनमा कचनकवल –५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारस्थित बयरको रूखमा सोही ठाउँका तीनजना किशोरीले झुन्डिएर आत्महत्या गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतद्वारा कैफियत प्रतिवेदन माग

Read More →