Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापाका ५ जनासहित थप ३८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

२५ साउन,   खबरमञ्च,   at 4:24 PM

By   /  August 9, 2020  /  Comments Off on झापाका ५ जनासहित थप ३८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    Print       Email

विर्तामोड । झापाका ५ जनासहित नेपालमा थप ३८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गएको २४ घन्टामा थपिएका सङ्क्रमितको संख्यासंगै नेपालमा जम्मा सङ्क्रमितको संख्या २२ हजार ९७२ पुगेको हो।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५४४ रहेको छ।

गत २४ घण्टामा ४० जना कोरोना संक्रमित उपचारपछि निको भई घर फर्केका छन्।

हालसम्म निको हुनेको संख्या १६ हजार ३५३ जना पुगेको छ।

झापाका अर्जुनधारा नगरपालिका र बाह्रदशी गाउँपालिकाका दुई/ दुई जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

उनीहरू छिमेकी मुलुक भारतबाट आएका हुन्। त्यसैगरि दमकमा कार्यरत एकजना सशस्त्र प्रहरीमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कुलमानकाे पुनर्नियुक्तिकाे माग गर्दै धादिङमा युवाहरुकाे माेटरसाइकल र्‍याली

Read More →