Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापाका सातवटा स्थानीय तहमा फैलियो कोरोना सङ्क्रमण, १११ जना सङ्क्रमित

१९ जेठ,   खबरमञ्च डेस्क,   at 7:30 AM

By   /  June 1, 2020  /  Comments Off on झापाका सातवटा स्थानीय तहमा फैलियो कोरोना सङ्क्रमण, १११ जना सङ्क्रमित

    Print       Email

विर्तामोड । झापामा सातवटा स्थानीय तहमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। पछिल्लो समय आइतबार गौरीगञ्ज गाउँपालिकाका चार

जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

झापामा अहिलेसम्म १११ सङ्क्रमित पुगेका छन्। अझै धेरै जनाको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशाला पुर्याएको छ।

कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणको रिपोर्टमा गौरीगञ्जका क्वारेन्टाइनमा बसेका चार जनामा कोरोना संक्रमण पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।

गौरीगञ्ज गाउँपालिका ६ नम्बर वडा बस्ने २३, ३७ र ३९ वर्षीय पुरुष र वडा नम्बर ५ बस्ने १८ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो ।

यस अघि कचनकवल गाउँपालिकामा १००, दमकमा १, गौरादहमा २, भद्रपुरमा १, बाह्रदशीमा २ र झापामा १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना महामारीमा सार्वजनिक यातायातः ‘न स्यानिटाइजर, न दूरी, भाडामात्र बढी’

Read More →