Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

झापाका विद्यालयले टेरेनन् सरकारको निर्णय, खुलाए विद्यालय

१७ चैत,   खबरमञ्च,   at 9:15 AM

By   /  March 30, 2021  /  Comments Off on झापाका विद्यालयले टेरेनन् सरकारको निर्णय, खुलाए विद्यालय

    Print       Email

बिर्तामोड । देशभरका विद्यालय चार दिनका लागि बन्द गर्ने सरकारको निर्णयप्रति विरोध जनाउँदै झापाका अधिकांश विद्यालय संचालन भएका छन् ।

निजी क्षेत्रबाट संचालित संस्थागत विद्यालयका छाता संगठन प्याव्सन र एनप्याव्सनले आफ्ना मातहतका स्कुल संचालन गर्न निर्देशन दिएका थिए ।

सरकारले चार दिनका लागि बन्द गर्ने निर्णय गरेपनि बिर्तामोड क्षेत्रका सबै संस्थागत विद्यालयहरु खुलेको विद्यालय सञ्चालकहरूले बताएका छन् ।

विद्यालय बन्द गर्ने काम गलत भएको भन्दै सरकारको निर्णयको तीव्र विरोध समेत भएको छ ।

काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा वायु प्रदुषण बढेको भन्दै सरकारले आजदेखि चार दिनका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्को सूचना जारी नभएसम्म एसईई र कक्षा १२ को परीक्षा स्थगित

Read More →