Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

झापाका पुराना वामपन्थी नेता हंश राजवंशीको हृदयघातका कारण निधन

१७ जेठ,   खबरमञ्च,   at 7:00 PM

By   /  May 30, 2020  /  Comments Off on झापाका पुराना वामपन्थी नेता हंश राजवंशीको हृदयघातका कारण निधन

    Print       Email

विर्तामोड । झापाका पुराना वामपन्थी नेता हंश राजवंशीको हृदयघातका कारण निधन भएको छ।

उनको विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश नं १ कमिटी सदस्य पुरुषोत्तम चुँडालले जानकारी दिए।

राजवंशी विगतदेखिनै उच्च रक्तचापका विरामी थिए। बिहीबार बेलुका अचानक बेहोस भएपछि उनलाई विर्तामोडको बिएन्डसी अस्पताल लगिएको थियो। त्यहाँ उपचार संभव नभएपछि विराटनगरको न्युरो अस्पताल रेफर गरिएको थियो।

त्यहाँ उपचारका क्रममा उनको निधन भएको हो।

राजवंशी संविधान सभा सदस्य तथा झापा विद्रोहका अगुवा बामपन्थी नेता दिवंगत धर्म घिमिरेका ज्वाइँ हुन्।

उनी कोचिला राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिप्रति नेपाल र भारत दुवै देशमा आलोचना

Read More →