Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापाका दुई जना प्रमुख प्रशासकीय अधिकृतमा कोरोना संक्रमण, खाम्याहाङ आइसियुमा भर्ना

१९ बैशाख,   खबरमञ्च,   at 7:20 AM

By   /  May 2, 2021  /  Comments Off on झापाका दुई जना प्रमुख प्रशासकीय अधिकृतमा कोरोना संक्रमण, खाम्याहाङ आइसियुमा भर्ना

    Print       Email

बिर्तामोड । झापाका दुईवटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत कोरोना संक्रमण भएर अहिले उपचाररत् छन्।

एक जनालाई सघन उपचार कक्षमा राखेर उपचार गराइराखिएको छ भने अर्का होम आइसोलेसनमा रहेका छन्।

अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङलाई बिर्तामोडको बिएण्डसी अस्पतालको सघन उपचार कक्ष आइसियुमा राखेर उपचार गराइराखिएको छ।

उनलाई अक्सिजनको सपोर्ट दिएर आइसीयुमा राखिएको र उपचारका क्रममा स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ।

दमकका प्रमुख प्रशासकीय अधिकृत तिम्सिना भने होम आइसोलेसनमा छन्। उनी चिकित्सकको सल्लाह अनुसार होम आइसोलेसनमा रहेको बताइएको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा जारी निषेधाज्ञा जेठ ७ सम्म थप, औषधि खरिद र उपचार गर्न बाहेक घरबाट निस्कन नपाइने (सूचनासहित)

Read More →