Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

ज्यालादारीमा निर्भर रहेकाहरूका लागि विशेष राहत प्याकेज घोषणा गर्न देउवाकाे आग्रह

१३ चैत,   खबरमञ्चडेस्क,   at 6:52 PM

By   /  March 26, 2020  /  Comments Off on ज्यालादारीमा निर्भर रहेकाहरूका लागि विशेष राहत प्याकेज घोषणा गर्न देउवाकाे आग्रह

    Print       Email

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह गरेका छन् ।

बिहीवार ट्वीटमार्फत उनले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएका व्यक्तिका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग अनुरोध गरेका हुन् ।

सभापति देउवाले लकडाउनमा सरकारले दैनिक ज्यालादारी र न्यून आय भएकाको दैनिक गुजारा चलाउने प्रबन्ध पनि गर्न आवश्यक रहेको बताउँदै कोरोना भाइरसबाट सुरक्षित हुँदाहुँदै कोही पनि भोकमरीको शिकार बन्न नपरोस् भनी सरकारले ध्यान दिनुपर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

देशवासीका नाममा सम्बाेधन गर्दै राष्ट्रपतिले भनिन्ः सरकारका नीति र कदमहरू प्रभावकारी भएकाले कोरोना फैलन पाएन

Read More →