Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

जेलबाट रिहा भए अभिनेता शाहरुखका छोरा आर्यन खान

१३ कात्तिक,   खबरमञ्च,   at 2:16 PM

By   /  October 30, 2021  /  Comments Off on जेलबाट रिहा भए अभिनेता शाहरुखका छोरा आर्यन खान

    Print       Email

मुम्बई । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जेलबाट रिहा भएका छन् ।

लागुऔषधको मुद्धामा जेल परेका आर्यन एक महिनापछि रिहा भएका हुन् । उनलाई मुम्बईस्थित आर्थर रोड जेलबाट शनिबार बिहान रिहाई गरिएको हो । 

आर्यनलाई करिब एक महिनाअघि लागुऔषध मुद्धामा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरी जेल पठाएको थियो । उनलाई जमानतमा रिहाई गर्न ठोस प्रमाण नपुग्दा लामो समय लागेको थियो । 

बिहीबार मुम्बईको उच्च अदालतले उनको जमानत रिहाई स्वीकार गरेको थियो । बलिउड अभिनेत्री जुहि चावला उनको जमानती बनेकी छन् । २३ वर्षीय आर्यनको जमानतको लागि चावलाले शुक्रबार १ लाख भारतीय रुपैयाँ भरेकी थिइन् । 

रिहाईपछि उनी मन्नतस्थित आफ्नो निवास पुगेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । आर्यनसँगै पक्राउ परेका अन्य १४ को समेत जमानतमा रिहा हुने अवस्थामा रहेको बताइएको छ । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानन्यायाधीशले दाेस्राे पटक आजका लागि बाेलाए न्याय सेवा आयाेगकाे बैठक

Read More →