Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

जेठ ३२ गतेसम्म लकडाउन कायम राख्ने मन्त्रीपरिषदकाे निर्णय

१७ जेठ,   खबरमञ्च,   at 9:09 PM

By   /  May 30, 2020  /  Comments Off on जेठ ३२ गतेसम्म लकडाउन कायम राख्ने मन्त्रीपरिषदकाे निर्णय

    Print       Email

काठमाडाैं ।  सरकारले थप १२ दिन लकडाउन कायम राख्ने निर्णय गरेकाे छ ।

शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको हाे ।

यससँगै बैठकले सिमानाका प्रवेश र हवाइ उडानकाे प्रतिबन्ध असार १३ गतेसम्म कायम राख्ने पनि निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार  तथा सूचनामन्त्री डा. युवराज खतिवडा बताए ।

यसअघि गरिएकाे लकडाउनकाे समयावधि जेठ २० गते सकिँदैछ ।

यसबाहेक सरकारले विदेशमा अलपत्र परेका नेपाली फर्काउने याेजना पनि स्वीकृत गरेकाे छ ।

शुक्रबार बसेकाे उच्चस्तरीय  समन्वय समितिकाे बैठकले प्राथमिकता निर्धारण गरेर विदेशमा रहेका नेपाली फर्काउने निर्णय गरेकाे थियाे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अयोध्यालाई होँच्याउने प्रधानमन्त्रीकाे कुनै मनसाय हाेइन: परराष्ट्र

Read More →