Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

जिल्ला प्रशासन दार्चुलाले पठायो भारतीय पक्षलाई पत्र, ‘लिम्पियाधुरामा आवतजावतमा रोक नहोस्’

१४ साउन,   खबरमञ्च,   at 3:18 PM

By   /  July 29, 2020  /  Comments Off on जिल्ला प्रशासन दार्चुलाले पठायो भारतीय पक्षलाई पत्र, ‘लिम्पियाधुरामा आवतजावतमा रोक नहोस्’

    Print       Email

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, दार्चुलाले भारतको धार्चुला जिल्ला मजिस्ट्रिटलाई जवाफ पठाउँदै नेपाली पक्षले आफ्नो भूमिमा आवत जावत गर्न पाउनुपर्ने बताएको छ।

लिम्पियाधुरा नेपालकै भूभाग भएकाले त्यसक्षेत्रमा नेपालीको आवतजावत स्वाभाविक रहेको व्यवहोरा सहितको पत्र आफूले मंगलबार पठाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए।

दुई हप्ता पहिले धार्चुलाका उप–जिल्लाधिकारी अनिलकुमार शुक्लाले कालापानी, गुन्जी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीको प्रवेश रोक्न आग्रह गरेर दार्चुलाका प्रजिअलाई पत्र लेखेका थिए ।

पत्रमा भनिएको छ, ‘सन् १८१६ को सुगौली सन्धिको धारा ५, त्यससँग सम्बन्धित नक्सा र ऐतिहासिक प्रमाण अनुसार महाकाली (काली) नदी पुर्वका लिम्पियाधुरा कुती, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्र नेपालकै भूभाग रहेको र सो भूभागमा नेपालीको आवतजावत स्वाभाविक रहेको र नेपालीको आवागमनमा कहिँ कतैबाट बाधा अड्चन हुनुहुँदैन भन्ने नेपालको धारणा रहेको जानकारी गराउँदछु ।’

भारतले पठाएको पत्रबारे प्रजिअ पोखरेलले गृह मन्त्रालयलमा रिर्पोटिङ गरिसकेका छन् ।

ब्यास गाउपालिका– १ का वडाध्यक्ष अशोक बोहरा ब्याँसी आफुहरुले यसअघि प्रयोग गर्दै आएको बाटो समेत भारतीय पक्षले प्रयोग गर्न नदिएको बताउँछन् । भारतले स्थानीयलाई बाटो प्रयोगमा लगाएको प्रतिबन्धबारे सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रीलाई जानकारी दिइसकेको बोहराको भनाइ छ ।

भारतले नेपाली भूमिमा कैलाश मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपालले त्यसको विरोध गर्दै आएको छ । त्यसअघि १६ कार्तिक २०७६ मा भारतले जारी गरेको नक्सामा कालापानी, लिपुलेक लगायतका भूभाग आफ्नोतर्फ पारेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मेची अस्पताल भद्रपुरमा ज्यान गुमाएका सुनारको पिसिआर रिपोर्ट नेगेटिभ

Read More →