Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

जलवायु परिवर्तनले भू-राजनीतिक तनाव बढ्ने अमेरिकी खुफिया एजेन्सीको चेतावनी

५ कार्तिक,   खबरमञ्च,   at 9:50 AM

By   /  October 22, 2021  /  Comments Off on जलवायु परिवर्तनले भू-राजनीतिक तनाव बढ्ने अमेरिकी खुफिया एजेन्सीको चेतावनी

    Print       Email

एजेन्सी। अमेरिकी खुफिया एजेन्सी अफिस अफ नेसनल इन्टेलिजेन्सीले ११ मुलुक जलवायु परिवर्तनको सबैभन्दा बढी मारमा पर्ने चेतावनी दिएको छ ।

भारत, पाकिस्तान, अफगानिस्तान, म्यान्मार, इराक़, उत्तर कोरिया, ग्वाटेमाला, हैटी, होन्डरस, निकारागुआ र कोलम्बियालाई जलवायु परिवर्तनको असरको ‘चिन्ताजनक’ देशकाे सूचीमा राखिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

यी मुलुकले जलवायु परिवर्तनको दुष्प्रभावसँग लड्न निकै सामना गर्नुपर्नेछ । तर यी देशले जलवायु परिवर्तनको असरसँग लड्न कुनै तयारी नगरेको दाबी पनि खुफिया एजेन्सीले गरेको छ ।

जलवायु परिवर्तनका कारण  भू-राजनीतिक तनाव पनि बढ्ने चेतावनी दिइएको छ । बढ्दो तापमान, पानीको अनुपलब्धता र अप्रभावी सरकारका कारण अफगानिस्तानको स्थिति झनैं चिन्ताजनक रहेको भनिएको छ । दक्षिण एसियाली मुलुकमा पानीलाई लिएर विवाद हुने र यो ‘भूराजनीतिक’ तनावको मुख्य कारण बन्ने औँल्याइएको छ ।

जलवायु परिवर्तनका कारण मध्य अफ्रिकी र प्रशान्त क्षेत्रका साना मुलुकमा अस्थिरताको खतरा बढ्ने र जसको असर विश्वका विपन्न जनसंख्यामा पर्ने खुफिया एजेन्सीले उल्लेख गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतमा एकै दिन १७ जनामा देखियो काेरोनाकाे नयाँ भेरियन्ट ओमिक्राेन भाइरस

Read More →