Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

३१ भदौ,   खबरमञ्च,   at 12:08 PM

By   /  September 16, 2021  /  Comments Off on जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

    Print       Email

एजेन्सी, महाराष्ट्र । भारतको एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको हो । बालिकाको एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको बताइन्छ । 

बालिकालाई कोब्राले घाँटीमा बेरेको भिडियो सामाजिक सञ्जालमा भाईरल  भएको छ । भिडियोमा पुर्भा गडकरीलाई उनको घरभित्र बेडमा कोब्राले बेरेको देखिन्छ । कोब्राले बेरेपछि त्रसित बालिका बेडमा छटपटिएको देखिन्छिन् । 

कोब्रालाई थप उत्जेति हुनबाट रोक्न सर्प पक्डने व्यक्ति नआउन्जेल बालिकालाई नचलि बस्न अभिभावकले सुझाएको भिडियोमा सुन्न सकिन्छ । सुझाबअनुसार बालिका झन्डै दुई घन्टासम्म  सुतेको देखिन्छ । अन्त्यमा सर्प आफै बालिकाको घाँटीबाट चिप्लिएर खसेपछि उनको पाखुरामा टोकेको थियो । कोब्राले छोडेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रोहिंग्या क्याम्पमा अन्धाधुन्ध गोली चल्दा ७ जनाको मृत्यु

Read More →