Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

विरामी भर्ना नलिने अस्पतालहरूकाे प्रवृत्तिप्रति सांसद लिङदेनकाे आक्रोश, भन्छन्ः अकालमा ज्यान गुमाउनुपर्ने देखियाे

१३ चैत,   खबरमञ्चडेस्क,   at 9:48 PM

By   /  March 26, 2020  /  Comments Off on विरामी भर्ना नलिने अस्पतालहरूकाे प्रवृत्तिप्रति सांसद लिङदेनकाे आक्रोश, भन्छन्ः अकालमा ज्यान गुमाउनुपर्ने देखियाे

    Print       Email

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङदेनले केही अस्पतालहरुले नयाँ विरामी भर्ना लिन नमान्दा जटिल परिस्थित उत्पन्न हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार फेसबुक स्टाटसमार्फत सांसद लिङदेनले पछिल्लो समय कोरोना भाइरसको बहानामा केही अस्पतालहरुले दीर्घ रोगी र नयाँ विरामी भर्ना लिन नमानेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

अस्पतालहरुले विरामी भर्ना नलिँदा विरामीहरु विभिन्न अस्पताल चहार्दै हिड्नुपरिरहेको पनि लिङदेनको भनाइ छ । नीजि अस्पतालहरुको यस्तो प्रवृत्तिले विरामीले अनाहकमा दुःख पाउने र अकालमा ज्यान गुमाउने अवस्था आउन सक्ने भन्दै सांसद लिङदेनले सरकारकलाई त्यसतर्फ ध्यान दिन पनि भनेका छन् ।

उनले लेखेका छन्, “कोरोना विरूद्ध सिंगो देश जुधिरहेको बेला अधिकांश अस्पतालहरुले यो वा त्यो वहानामा दीर्घ रोगी र नयाँ बिरामीहरूको भर्ना नलिएका कारण बिरामीले अस्पताल चहार्दै हिंडन पर्ने र अकालमा ज्यान गुमाउन पर्ने अवस्था देखियो । सरकारको यसतर्फ पनि ध्यान पुगोस ।”

कोरोना भाइरसको त्राससँग समग्र मुलुक जुधिरहेका बेला केही नीजि  तथा सरकारी अस्पतालहरूले बिरामीको उपचार गर्न नमानेको खबरहरू सार्वजनिक भइरहेका छन् ।

केही समय अघि पनि कोरोनाको आशंका गरिएका भनिएका नवलपरासीका एक विरामीलाई अस्पतालहरुले भर्ना लिन नपानेपछि ठूलै खैला बैला मच्चिएको थियो ।

देशका विभिन्न ठाउँमा अहिले पनि त्यही अवस्था छ । सरकारले नीजि अस्पतालहरुलाई सहयोग गर्न आग्रह गरेपनि उनीहरुले मानिरहेको अवस्था देखिन्न ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्रीलाई विश्वप्रकाश शर्माको प्रेमपत्रः ‘काेराेनाबाट बच्न समाधान कोरौं, समाधि नखनौं’

Read More →