Loading...
You are here:  Home  >  विचार / ब्लग  >  Current Article

जनस्वास्थ्य विज्ञ भन्छन्ः आशाका किरण देखिएका छन्,काेराेना भाइरससँग धेरै डराउनु पर्दैन

2020/06/22,    at 7:57 AM

By   /  June 22, 2020  /  Comments Off on जनस्वास्थ्य विज्ञ भन्छन्ः आशाका किरण देखिएका छन्,काेराेना भाइरससँग धेरै डराउनु पर्दैन

    Print       Email

हालसम्म विश्वमा झन्डै ९० लाख व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । ती मध्ये लगभग ४८ लाख व्यक्ति निको भएका छन्, ३६ लाखभन्दा धेरै व्यक्तिमा सामान्य अवस्थामा छन् भने १ प्रतिशत मात्र अर्थात लगभग ५५ हजार व्यक्ति गम्भिर विरामी छन् ।

विश्वमा लगभग ४ लाख ७० हजार व्यक्तिको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश ७० वर्षभन्दा बढी उमेरका संक्रमित जसलाई गम्भिर किसिमको दीर्घरोग छ, उनीहरुमध्ये लगभग २० प्रतिशतको मृत्यु भएको छ । तसर्थ कोरोना संक्रमण डरलाग्दो वा धेरै घातक रोग हैन भनेर बैज्ञानिक पुष्टि भएको छ ।

कोरोना संक्रमणबारेका यी तथ्यहरुले बताउँछन् कि हामी यो रोगमा सतर्क भए पुग्छ, धेरै डराउनु पर्दैन ।

सबै संक्रमित व्यक्तिले कोरोना सार्न सक्दैनन् । लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनले गरेको अनुसन्धान तथा बर्न युनिभर्सिटीको अध्ययन अनुसार १०-२० % संक्रमित व्यक्तिले मात्र संक्रमण सार्न सक्छन । जसलाई सुपर स्प्रेडर भनिन्छ ।

मास्क लगाएर हिंड्दा, संक्रमितसंग छोंटो कुरा गर्दा तथा मास्क लगाएर भीडलाई अत्यन्तै छिटो गतिले पार गर्दा कोरोना सर्ने सम्भावना एकदम न्यून हुन्छ ।

फलफुल, तरकारी, दुधको प्याकेट, खाधान्न आदिलाई सामान्य सफा गरेर प्रयोग गर्दा तथा साबुनपानीले हात धोएर प्रयोग गर्दा कोरोना संक्रमण सर्दैन । पानीबाट कोरोना भाइरस सर्दैन । खुला ठाउँमा कोरोना संक्रमण सर्ने सम्भावना निकै कम हुन्छ | झ्यालढोका लगाएको तथा एसी प्रयोग हुने बन्दकोठामा कोरोना भाइरस केहि घण्टा रहन सक्छ ।

अध्ययनले देखाए अनुसार कोरोना भाइरस १-२ व्यक्तिको सम्पर्कले भन्दा भीडभाड वा बन्द कोठामा हुने भेलाले सर्ने सम्भावना धेरै हुन्छ । लक्षण नदेखिने कोरोना संक्रमित व्यक्तिबाट अन्य व्यक्तिलाई रोग सर्ने दर एकदम कम हुन्छ ।

 एकपटक कोरोना संक्रमण भएको व्यक्तिमा सामान्यतया अर्कोपटक संक्रमण हुँदैन । संक्रमण भएपनि अरुलाई सार्न सक्दैन तथा स्वयंलाई पनि खतरा हुँदैन भनेर कोरिया तथा चीनमा भएका अध्ययनले पुष्टि गरेका छन् । कोरोना संक्रमण भएको व्यक्तिले संक्रमण भएको ११ दिनपछि अन्य व्यक्तिलाई सार्न सक्दैन भनेर सिंगापुरमा भएको अध्ययनले पुष्टि गरेको छ । तर यसमा केहि अपबाद हुनसक्छ ।

एकपटक संक्रमण भएर निको भएको व्यक्तिको शरीरमा कोरोना संक्रमणसंग लड्न सक्ने एन्टिबोडी तयार हुन्छ । त्यसपछि उक्त व्यक्ति मास्क नलगाइ आफ्नो काम गर्न, निर्धक्क भएर हिंडडुल गर्न सक्छ ।

हामीले थाहा पाएर वा नपाएर एकपटक संक्रमण भएपछि हाम्रो शरीरले यो भाइरसलाई परास्त गर्ने एन्टिबोडी बनाउँछ । जसबाट यो भाइरसको पुन खतराबाट बच्न सकिन्छ । यो इम्युनिटी कति समय रहन्छ भन्ने बारे निर्क्यौल नभएपनि १-१० वर्ष रहन्छ भनेर बिभिन्न अध्ययनले जनाएका छन् ।

फ्रान्सका सामान्य संक्रमित १६० डाक्टर तथा नर्समध्ये १५९ जनाले ४१ दिनपछि गरिएको परीक्षणमा एन्टिबोडी विकास गरेको जनाइएको छ ।

कोरोना संक्रमित ९० %  व्यक्तिलाई सामान्य लक्षण देखिएर वा नदेखिएर पनि आफै निको हुन्छ | चीनको वुहानमा ४८५ जना कोरोना संक्रमितमाथि गरिएको अध्ययनले देखाएको छ कि संक्रमण भएको १० दिनभित्र रगतजाँचमा निम्न यी ३ अवस्था देखिएमात्र गम्भिर हुनसक्छन् |

  •  LDH ( Lactic dehydrogenase ) नामक enzyme बढेमा |
  •  WBC अर्थात  lymphocytes को संख्या घटेमा |
  •  High- sensitivity C-reactive Proteins, जसले स्वासप्रश्वासमा सुजनको लागि भूमिका खेल्छन |

यी ३ अवस्था देखिएमा संक्रमित गम्भीर हुनसक्छ, अन्यथा हुँदैन भनेर अनुसन्धानले देखाएको छ | यसबाट उपचार ब्यबस्थापनमा सजिलो हुन्छ र मृत्युदर कम हुन्छ |

युनिभर्सिटी कलेज लन्डन ( UCL ) मा भएको अध्ययनले बताएको छ कि कोरोना भाइरसको म्युटेसन हुँदै जाँदा भाइरस कमजोर बन्दै गएको छ । नोबेल कोरोना भाइरसले उत्पादन गरेका २७३ म्युटेसन, जसमध्ये ४३ वटा सक्रिय छन ।

म्युटेसन भएका ३१ वटा प्रजातिको अध्ययन गर्दा ती भाइरस ओरिजिनलभन्दा कमजोर देखिएका छन् । तसर्थ हामीले कमजोर भाइरसको सामना गर्नुपर्दा जोखिम कम हुन्छ |

याले युनिभर्सिटीमा गरिएको अध्ययनले देखाएको छ कि फोहोरमा कोरोना भाइरस परीक्षण गर्दा ठूलो मात्रामा भाइरसको लोड देखिएमा त्यो सहरमा अर्को हप्ता संक्रमण ब्यापक हुनसक्छ | यसबाट आबश्यक रणनीति बनाउन सजिलो हुन्छ ।

अक्सफोर्ड सेन्टर अफ एभिडेन्स मेडिसिन ( CEBM ) का अनुसार कोरोना संक्रमणको बास्तबिक मृत्युदर बढीमा ०.५ – १ % मात्र छ । उनीहरुका अनुसार मृत्यु हुनेमा अन्य रोगबाट मृत्यु भएका तर उनीहरुमा कोभिड १९ पोजिटिभ देखिएका धेरै छन् । अर्थात कोभिड १९ बाट मात्र मृत्यु हुनेको संख्या बढीमा ०.१ % र घटीमा ०.२६ % मात्र छ ।

खोप आविष्कारको लागि लागिपरेका सयभन्दा बढी प्रयोगशालामध्ये चीन, अमेरिका, इटली, इजरायल, बेलायत लगायतका देशका केहि प्रयोगशाला मानवमा परीक्षण गर्ने चरणमा पुगेका छन् । खोप पत्ता लाग्नासाथ आवश्यक पर्ने एम्पुल लगायत सबै सामग्री ठूलो मात्रामा तयार गरिएको छ | खोप पत्ता लागेमा नाफारहित ढंगले वितरण गर्नको लागि धेरै ल्याब तथा च्यारिटी तयार भएर बसेका छन् ।

कोभिड १९ को उपचारमा इबोला, जापानिज इन्फ्लुएन्जादेखि स्टेरोइड ( डेक्सामेथासोन ) को प्रयोगले गम्भिर हुने तथा मृत्यु हुने बिरामीको संख्या घटिरहेको छ । परीक्षणको ठूलो दायरा, क्वारेन्टाइन, आइसोलेसन, मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, हात धोइरहने, भीडमा नजाने लगायतका जनचेतनाको कारण कोरोना संक्रमण सर्ने, गम्भीर हुने तथा मृत्यु हुने दर घटिरहेको छ |

जनता अनुशाशित भएका देश चीन, ताइवान, कोरिया, जापान, भियतनाम, कम्बोडिया, आयरल्याण्ड, आइसल्याण्ड, न्युजिल्यान्ड, सिंगापुर, अष्ट्रेलिया, भुटान आदि देशमा कोरोना संक्रमणको प्रभाव निकै कम छ । सरकार जिम्मेवार र जनता अनुशाशित हुने देशमा कोरोना संक्रमणको ब्यबस्थापन निकै सजिलो भएको छ ।

नेपालको परिप्रेक्ष्मा हेर्ने हो भने आजको मितिमा संक्रमित ९०२६ जना पुग्दा मृतकको संख्या २३ छ । अर्थात मृत्युदर आजको मितिमा ०.२५ % छ ।स्वस्थ्य

(लेखक जनस्वास्थ्यविज्ञ हुन् । याे लेख डा. पाण्डेकाे फेसबुकबाट लिइएकाे हाे । )

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापा बसाईबाट म आफैं पुरस्कृत भएको अनुभूत गरेको छुः उदयबहादुर राना मगर

Read More →