
काठमाडौं । सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ ।
जनताको हात हातमा सरकारको सेवा पुर्याउने उद्देश्यले ‘नागरिक एप’ ल्याइएको सरकारले जनाएको छ ।
एपकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुक्रबार उद्घाटन गरेका हुन्।
नागरिक एपमार्फत सरकारले प्रवाह गर्ने सेवा र पहुँच सहज हुने सरकारकाे विश्वास छ ।
नागरिकता नम्बर एपमा राखेकै भरमा प्यान नम्बर लिन सकिन्छ । याेसँगै नागरिकलाई कागजात बाेकेर जाने झन्झट हट्ने सरकारले जनाएकाे छ । कीर्ते गर्ने डर पनि हट्ने सरकारकाे विश्वास छ ।
एउटै एपबाट नागरिकले सबै सेवा सुविधा पाउने परिकल्पनासहित एप ल्याइएकाे प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।