Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

जथाभावी भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्दै हुनुहुन्छ? खबरदार! कारबाही होला…

१४ माघ,   खबरमञ्च,   at 7:42 AM

By   /  January 28, 2022  /  Comments Off on जथाभावी भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्दै हुनुहुन्छ? खबरदार! कारबाही होला…

    Print       Email

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक स्थानमा प्र्याङ्क  भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना प्र्याङ्क  भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । गृहले अनुमतिविना तस्बिर पनि नलिन भनेको छ ।

मन्त्रालयले सार्वजनिक स्थलमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा मानसिक तनाव उत्पन्न हुन सक्ने जनाएको छ ।

‘सार्वजनिक स्थलमा कुनै व्‍यक्तिको अनुमतिविना कुनै प्रकारको तस्बिर लिन सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्‍यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्‍यक्तिको अनुमति/सहमति विना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा  संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने व्‍यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

टेलिमकको सेवा विस्तार र गुणस्तरमा सुधार ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

Read More →