Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

जग्गा कित्ताकाटमा लगाइएकाे प्रतिबन्ध भयो फुकुवा

२२ भदाै,   खबरमञ्च,   at 12:30 PM

By   /  September 7, 2020  /  Comments Off on जग्गा कित्ताकाटमा लगाइएकाे प्रतिबन्ध भयो फुकुवा

    Print       Email

काठमाडौं । लामो समय बन्द रहेको जग्गा कित्ताकाट खुला भएको छ ।

खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न नपाइने यसअघिको निर्णय बदर गर्दै सरकारले प्रतिबन्द फुकुवाको निर्णय गरेको हो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व निर्णयलाई बदर गर्दै खेतीयोग्य जग्गामा कित्ताकाटको स्वीकृति दिने निर्णय गरेको हो ।

सोही निर्णय अनुसार मन्त्रालयले मातहतका कार्यालयलाई जानकारी गराएको छ। भू–उपयोग ऐन र प्रचलित कानूनको परिधिमा रही जग्गाको कित्ताकाट खुलाउन मन्त्रालयले मातहतका कार्यालयलाई परिपत्र गरेको हो।

यो सँगै अब भू–उपयोग नियमावली जारी भई भू–उपयोग नक्शा र डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण नहुन्जेलसम्मका लागि कृषियोग्य जग्गामा कित्ताकाट गर्न सकिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ४ जनामा कोरोना संक्रमण, ७८ बर्षिय बृद्धमा दिउँसो कोरोना पुष्टि, बिहानै मृत्यु

Read More →