Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

छात्रवृत्ति पाउन अब कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालय पढ्नै पर्ने

२ माघ,   खबरमञ्च,   at 9:34 PM

By   /  January 16, 2020  /  Comments Off on छात्रवृत्ति पाउन अब कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालय पढ्नै पर्ने

    Print       Email

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउन अब कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयनै पढ्नु पर्ने भएको छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार केही नेपाल ऐन संशोधनसहित पारित गर्दै कक्षा ६ देखि १० सम्म सामूदायिक विद्यालय पढेकाले मात्र उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने व्यवस्था राखेको हो । यसअघिसम्म क्षेत्रगत तथा आर्थिक स्थितिलाई समेत हेरेर छात्रवृत्ति दिइँदै आएको थियो।

छात्रवृत्तिका नाममा विभिन्न विकृतिहरु बढेको भन्दै ऐन संशोधन गर्दै नयाँ व्यवस्था राखिएको समिति सभापति जयपुरि घर्तिले बताइन्।

जुन व्यक्तिले छात्रवृत्ति पाउनुपर्ने हो त्यसले नपाएको गुनासोहरु धेरै आएकाले कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा माध्यमिक विद्यालयमा अध्ययन गरेको हुनुपर्ने व्यवस्था गरिएको उनले बताइन्।

‘पिछडिएको क्षेत्र कर्णाली भन्यो तर काठमाडौं बस्नेहरुले लिने गरेको पाइयो, गरिब भन्यौँ अरु नाम लेखेर लिने गरेको पाइयो। सरकारी भन्यो प्राइभेट पढेकालाई कागज बनाएर छात्रवृति दिने विकृति देखियो, त्यसकारण यो व्यवस्था अनिवार्य गरिएको हो’, उनले भनिन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना नियन्त्रणमा आइसकेकाे छैन, तत्काल परीक्षा लिने कुरा नगराैंः नेविसंघ

Read More →