Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

चोलेन्द्रले आरोप लगाएकाहरु महाभियोग सिफारिस समितिमा बयान दिँदै

३० भदौ,   खबरमञ्च,   at 7:33 PM

By   /  September 15, 2022  /  Comments Off on चोलेन्द्रले आरोप लगाएकाहरु महाभियोग सिफारिस समितिमा बयान दिँदै

    Print       Email

काठमाडौं । महाअभियोग सिफारिस समितिले लिएको बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आरोप लगाएका व्यक्तिहरु आफ्ना कुरा राख्न समितिमा उपस्थित भएका छन्।

समितिले पठाएको पत्रका आधारमा उनीहरु आएका हुन्। सिंहदरबारमा जारी बैठकमा समितिले उनीहरुसँग बयान लिइरहेको छ।

बैठकमा नेपाल बार एशोसियशनका पूर्वअध्यक्षहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, सर्वोच्च बारको अध्यक्ष पूर्णमान शाक्य, बारको पूर्वमहासचिव लिलामणी पौडेल, वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, रमण श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, अञ्जिता खनाल, ओमप्रकाश अर्याल, गोपालप्रकाश अर्याल र गोपालकृष्ण घिमिरे उपस्थित भएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दार्चुला प्रकरणमा नेपालले भारतलाई पठायो कुटनीतिक नोट

Read More →