Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

चोरीको सामान किन्दा हत्तपत्त फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नुः गगन थापा

६ फागुन,   खबरमञ्च,   at 3:16 PM

By   /  February 18, 2020  /  Comments Off on चोरीको सामान किन्दा हत्तपत्त फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नुः गगन थापा

    Print       Email

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले ललिता निवासको जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलले दिएको प्रष्टिकरण र अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले दायर गरेकाे मुद्दाप्रति संसदमा व्यंग्य गरेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद थापाले स्वस्थानी व्रतकथा वाचनको शैलीमा पौडेलप्रति व्यंग्य गरे।

उनले भने, ‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि ! अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म कसैलाई थाहा नहुने गरी किन्नु। थाहा पाइहाले होइन होइन भन्नु। चित्त बुझाउन नसकेर अफ्ठेरो पर्न गए हत्तपत्त फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा खड्‍ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन्। इति श्री अख्तियार पुराणे कुमार विष्णु सम्वादे श्री स्वास्थानी व्रत कथाय बालुवाटार प्रकरण वर्णनम प्रथम अध्याय नमो नम:।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

देशवासीका नाममा सम्बाेधन गर्दै राष्ट्रपतिले भनिन्ः सरकारका नीति र कदमहरू प्रभावकारी भएकाले कोरोना फैलन पाएन

Read More →