Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

चैत महिनामा हुने भनिएका विश्वविद्यालयतहका सबै परीक्षा स्थगित

५ चैत,   खबरमञ्चडेस्क,   at 7:57 PM

By   /  March 18, 2020  /  Comments Off on चैत महिनामा हुने भनिएका विश्वविद्यालयतहका सबै परीक्षा स्थगित

    Print       Email

काठमाडाैं । सरकारले विश्वविद्यालय अन्तर्गत चैत महिनामा सञ्चालन हुने सबै परीक्षा पनि स्थगित गरेको छ।

केहीबेरअघि बिहीबारदेखि सुरू हुने एसइई परीक्षा स्थगित गरेको सरकारले विश्वविद्यालयका परीक्षा पनि तत्कालका लागि स्थगित गर्ने निर्णय गरेकाे हाे ।

बुधवार साँझ बसेकाे नेकपा सचिवालय बैठकले विश्वविद्यालयतहका परीक्षा पनि स्थगित गर्न सुझाव दिएपछि यस्ताे निर्णय लिइएकाे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले खबरमञ्चलाई बताए ।

‘काेभिड-१९ काे संक्रमणकाे जोखिमका बीच परीक्षा सञ्चालन गर्न उचित नहुने सुझाव आएपछि सरकारले यस्ताे निर्णय गरेकाे हाे,’ उनले भने ।

अब मन्त्रालयबाट पत्र गएपछि सबैै विश्वविद्यालयले औपचारिक रुपमा परीक्षा स्थगनकाे घाेषणा गर्ने छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

हिमाली माविकाे प्रधानाध्यापकमा दीपक दाहाल नियुक्त

Read More →