
एजेन्सी । आगामी नोभेम्बरमा हुने भनिएकाे अमेरिकी राष्ट्रपतीय चुनाव सार्ने राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे प्रस्ताव सिनेटले अस्वीकार गरेकाे छ ।
नोभेम्बर चुनाव गर्दा धाँधली हुन सक्ने भन्दै ट्रम्पले मिति सार्न प्रस्ताव गरेका थिए । तर ट्रम्पको प्रस्तावलाई उनकै पार्टीका वरिष्ठ नेताहरूले अस्वीकार गरेका छन्।
सिनेटमा बहुमत प्राप्त उनकै पार्टी रिपब्लिकनका नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थी दुवैले अस्वीकार गरेका हुन्।
बीबीसीका अनुसार चुनाव स्थगन गर्न सक्ने अधिकार राष्ट्रपति ट्रम्पलाई छैन। चुनाव सार्ने भए त्यो प्रस्ताव कंग्रेसले अनुमोदन गर्नुपर्ने हुन्छ।