Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

चीनले नेपाली भूमी मिचेकाे विषयमा गम्भीर हुन सरकारमाथि दवाब बढाउँदै कांग्रेस

१ कार्तिक,   खबरमञ्च,   at 1:05 PM

By   /  October 17, 2020  /  Comments Off on चीनले नेपाली भूमी मिचेकाे विषयमा गम्भीर हुन सरकारमाथि दवाब बढाउँदै कांग्रेस

    Print       Email

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले चीनले नेपालकाे भूमी अतिक्रमण गरेकाे विषयमा सरकारका तर्फबाट आएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

उनले हुम्लामा चीनले भूमी मिचेकाे कुरा पार्टीका सांसदकाे स्थलगत अध्ययनले देखाइसकेकाे भन्दै सरकार चुप लागेर बस्न नमिल्ने बताए ।

शनिबार नागार्जुन नगरपालिकाले सिउजाटारमा निर्माण गरेको ओपन फिटनेस पार्कको उद्घाटन गर्दै सिंहले चीनले नेपाली भूमी मिचेकाे विषयमा जानकारी लिन  सरकारी टोली नपुग्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भूमि मिचिएको छैन भनेर अपरिपक्व अभिव्यक्ति दिनु आपत्तिजनक रहेकाे बताए ।

‘आफ्नो राष्ट्रको भू-भाग संरक्षण गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्तो भान जनतालाई भइरहेको छ। यो दुर्भाग्य हो,’ उनले भने।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नारायणकाजीको खुलासाः प्रधानमन्त्री र ‘रअ प्रमुखको भेट गोप्य, न पार्टीमा थाहा थियो, न परराष्ट्रमा

Read More →