Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

चीनले नेपाललाई तीन लाख डोज कोरोना खोप उपलब्ध गराउने

१८ माघ,   खबरमञ्च,   at 7:59 PM

By   /  January 31, 2021  /  Comments Off on चीनले नेपाललाई तीन लाख डोज कोरोना खोप उपलब्ध गराउने

    Print       Email

काठमाडौं । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनियाँ राजदूतावासले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित उक्त खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत अधिकृत अख्तियारको फन्दामा

Read More →