Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

चीनमा कोरोना भाइरस कोभिड १९ को कुनै लक्षणविनाका बिरामी देखिन थाले

२७ बैशाख,   खबरमञ्च,   at 1:21 PM

By   /  May 9, 2020  /  Comments Off on चीनमा कोरोना भाइरस कोभिड १९ को कुनै लक्षणविनाका बिरामी देखिन थाले

    Print       Email

काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोना भाइरस कोभिड १९ को कुनै लक्षणविनाका बिरामी देखिन थालेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार पहिला जस्तो लक्षण देखिएर नभइ लक्षण विनाका कोरोना भाइरस संक्रमित बिरामी देखिन थालेका हुन्।

चीनमा गएको २४ घण्टामा १६ नयाँ संक्रमित थपिएका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार १६ मध्ये १५ जनामा कोरोनाको लक्षण देखिएको थिएन। यस अवधिमा चीनमा कुनै व्यक्तिको मृत्यु नभएको जनाइएको छ।

गत अप्रिल १५ मा चीनमा कोरोनाका कारण मानिसको मृत्यु भएको थियो। त्यसयता चीनमा मृत्युको कुनै घटना छैन।

जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार चीनमा हालसम्म ८३ हजार ९७६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। यीमध्ये ४ हजार ६३७ को मृत्यु हुँदा ७८ हजार ४६ उपचारपछि स्वस्थ बनेका छन्।

हाल चीनमा ८३६ जना लक्षण बिनाका कोरोना संक्रमितको उपचार भइरहेको छ। लक्षण बिना पनि कोरोना संक्रमण हुने भएकाले कोरोनाविरुद्धको उपाय अवलम्ब गर्न विज्ञहरुको सुझाव छ।

सरसफाइमा ध्यान दिने, दोहोर्याउँदै हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, रुघाखोकी तथा निमोनिया भएका बिरामीको नजिक नजाने, व्यक्ति व्यक्तिबीचको दुरी कायम गर्नेजस्ता उपाय अपनाए कोरोनाबाट बच्न सकिने विज्ञ बताउँछन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालका ५९ जिल्लामा फैलियो कोरोना भाइरसको सङ्क्रमण

Read More →