Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

चीनको वुहानमा रहेका नेपाली सुरक्षितः चीन

१८ माघ,   खबरमञ्च,   at 3:07 PM

By   /  February 1, 2020  /  Comments Off on चीनको वुहानमा रहेका नेपाली सुरक्षितः चीन

    Print       Email

काठमाडौं । चीनको वुहानमा रहेका नेपाली सुरक्षित रहेको चीनले जनाएको छ।

वुहानबाट फैलिएको कोरोना भाइरस फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि चीनले आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको बताएको छ ।

चीनको विदेश मन्त्रालयले वुहानमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य, सुरक्षा प्रत्याभूत गरेको र प्रतिरक्षात्मक सबै उपाय अपनाएको आज एक विज्ञप्ति जारी गरेर जनाएको छ ।

काठमाडौंस्थित चिनियाँ राजदूतावासले उपलब्ध गराएको वक्तव्यअनुसार घातक कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा नेपाल सरकारले अपनाएका सुरक्षात्मक उपायको सराहना गरिएको छ ।

साथै चीन सरकारले कुनै पनि किसिमको सहायता आवश्यक परेमा चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग नेपालीहरुले सम्पर्क गर्न सक्नेछन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना महामारीमा सार्वजनिक यातायातः ‘न स्यानिटाइजर, न दूरी, भाडामात्र बढी’

Read More →