Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

चितवन पुग्यो सलह कीराको बथान

१४ असार,   रासस,   at 3:18 PM

By   /  June 28, 2020  /  Comments Off on चितवन पुग्यो सलह कीराको बथान

    Print       Email

भरतपुर । पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् ।

कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिकाका स्थानीयवासीले  बिहान गुलेलीले हानेर तर्साएपछि त्यहाँ रहेको सो कीराका सानो झुण्ड वनतर्फ गएको छ ।

सो क्षेत्रमा परियोजना, कृषि ज्ञान केन्द्र र नगरपालिकाका कृषि प्राविधिकले अध्ययन गरिरहेको जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका क्षेत्रमा फाट्टफुट्ट देखिएको भन्ने जानकारी सो केन्द्रमा आएको जनाइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कृषिमन्त्रीलाई लिङदेनकाे प्रश्नः किसानकाे समस्या कहिले समाधान हुन्छ, युरिया मल कहिले आउँछ ?

Read More →