Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

चिट चोर्न नदिएको भन्दै आरआरमा प्राध्यापकमाथि आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित

८ पुस,   खबरमञ्च,   at 7:36 PM

By   /  December 23, 2021  /  Comments Off on चिट चोर्न नदिएको भन्दै आरआरमा प्राध्यापकमाथि आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित

    Print       Email

काठमाडौं । परीक्षामा सार्न नदिएको भन्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा प्राध्यापकमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् । 

क्याम्पसमा सञ्चालित आन्तरिक (प्रयोगात्मक) परीक्षाका क्रममा पुस ६ गते सोही क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले परीक्षा हलभित्र प्रवेश गरी निरीक्षक प्राध्यापकमाथि आक्रमण गरेका थिए । त्यसपछि उनले प्राध्यापकमाथि स्टिलको जग प्रहार गरी आक्रमण गरेका थिए ।  

जेठाराको आक्रमणबाट प्राध्यापक प्रकाश पुडासैनी घाइते भएका थिए । उनको टाउको ६ टाँका लगाउनु परेको थियो । 

बिहीबार एक सूचना प्रकाशित गर्दै क्याम्पस प्रमुख डा जीवनधर ज्ञवालीले विद्यार्थी जेठारालाई क्याम्पसबाट निष्कासन गरिएको र उनीविरुद्ध कानुनी कारबाही अगाडि बढिसकेको जानकारी दिएका छन् ।  

विद्यार्थीले प्राध्यापकमाथि आक्रमण गरेपछि क्याम्पसका शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । जेठारालाई क्याम्पसले निष्कासन गरेपछि आन्दोलनमा रहेका प्राध्यापकहरु नियमित काममा फर्किएका छन् । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दमक बहुमुखी क्याम्पसका विद्यार्थी किन आन्दोलित भए ?

Read More →