Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ घुस मागेः दुर्गा प्रसाईं

२३ पुस,   खबरमञ्च,   at 3:00 PM

By   /  January 8, 2020  /  Comments Off on चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ घुस मागेः दुर्गा प्रसाईं

    Print       Email

काठमाडौं । झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका छन् ।

आफूलाई काठमाडौंको द्वारिकाज होटलमा भेट गर्न बोलाइ उपाध्यक्ष गिरीले मेडिकल कलेज संचालन गर्नका लागि भन्दै मंसिर १५ गते २० करोड रुपैयाँ घुस मागेको आरोप प्रसाईले लगाएका हुन् ।

उपाध्यक्ष गिरीले मेडिकल कलेज चलाउन घुस मागे पनि आफूले दिन नसक्ने बताएको बीएण्डसी सञ्चालक दुर्गा प्रसाईले काठमाडौमा पत्रकार सम्मेलनमा बताएका छन् ।

उनले उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको बिषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको समेत बताएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

थप २०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमित १६१६८ पुगे

Read More →