Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

चर्को विवादकाबीच सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक शुरु

१७ असार,   खबरमञ्च,   at 12:15 PM

By   /  July 1, 2020  /  Comments Off on चर्को विवादकाबीच सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक शुरु

    Print       Email

काठमाडौं । पार्टीका शीर्ष नेताहरूबीच चर्को विवादकाबीच सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक शुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक शुरु भएको स्थायी कमिटी सदस्य जनार्दन शर्माले जानकारी दिए। बैठकमा सरकारको कामका बारेमा समीक्षा भइरहेको उनले बताए।

यस अघि हिजोको बैठकमा प्रधानमन्त्री केपी शर्माले सरकार ढाल्न खोजिएको भन्ने अभिव्यक्तिबारे जानकारी दिन स्थायी कमिटी सदस्यहरुले माग गरेका छन्।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले सरकार ढाल्न खोजिएको बिषयमा जवाफ माग गरेका हुन्।

प्रधानमन्त्रीले असार १४ गते सिमा नेपाल भारत सीमा विवादको बिषयलाई लिएर सरकार ढाल्न रणनीति भइरहेको बताएका थिए।  सरकारलाई हटाउने नाममा काठमाडौंका होटल र दूतावासहरुले गतिविधि बढाएको प्रधानमन्त्रीले दाबी गरेका थिए।

त्यस्तै प्रचण्ड लगायतका नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा समेत माग गरेका छन्।  नेकपाको पछिल्लो घटनाक्रमका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेताहरुसँग बुधबार विहान परामर्श गरेका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेविसंघप्रति देउवाको आक्रोशः ‘लाज पनि छैन’

Read More →