Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

घरमै बसेर नमाज पढी इल उल अज्हा मनाउन मुस्लिम आयाेगकाे आग्रह

१६ साउन,   खबरमञ्च,   at 10:34 PM

By   /  July 31, 2020  /  Comments Off on घरमै बसेर नमाज पढी इल उल अज्हा मनाउन मुस्लिम आयाेगकाे आग्रह

    Print       Email

काठमाडौँं । कोरोना भाइरसको जोखिम फैलनसक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढी इल उल अज्हा (इद) मनाउन आग्रह गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गरेका हुन् ।

मुस्लिम समुदायले शनिबार उक्त पर्व मनाउँदैछन् । इद संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको सन्देश दिने चाड भएको उल्लेख गर्दै आयोगले विश्वभर रहेका मुस्लिम समुदायले मनाउने यस पर्व यसपटक सुरक्षित भएर घरमै बसेर मनाउन अनुरोध गरिएको हो ।

कोरोनाका कारण लामो समयदेखि सामाजिक दूरी कायम गरी साविकदेखि नै दैनिकरुपमा मस्जिदमा पाँच जनाले मात्रै नमाज पढ्दै आएका छन् । इद उल अज्हाको नमाज पनि पाँच जनासम्मले मस्जिदमा पढ्न पाउने व्यवस्था गरिएको छ । आयोगले कोरोना भाइरस नियन्त्रणका लागि मुस्लिम समुदायले देखाएको सद्भाव र सहयोगप्रति कृतज्ञता प्रकट गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपाली सेनाका थप २९ जनामा कोरोना संक्रमण

Read More →