Loading...
You are here:  Home  >  अपराध  >  Current Article

गोंगबु घट्नाः फेसबुकबाट नग्न तस्बिर सार्वजनिक गर्न थालेपछि हत्या गरेको महिलाको बयान

२७ साउन,   खबरमञ्च,   at 1:54 PM

By   /  August 11, 2020  /  Comments Off on गोंगबु घट्नाः फेसबुकबाट नग्न तस्बिर सार्वजनिक गर्न थालेपछि हत्या गरेको महिलाको बयान

    Print       Email

काठमाडौं । साउन २५ गते आईतबार एकाविहानै गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव र त्यसको तीन सय मिटर टाढा टाउको भेटिएको घट्नाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

घट्ना घटेको तीन दिन नबित्दै प्रहरीले पत्रकार सम्मेलनमार्फत काठमाडौं बस्दै आएकी कल्पना मुडभरी (पौडेल)लाई चितवनबाट पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार मृतक रोल्पाका कृष्णबहादुर बोहोरा र अभियुक्त महिलाको ४ वर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो । अभियुक्त बस्दै आएको गोंगबुको घरमा मृतक जाने आउने पनि गरेका थिए ।

तर नक्कली फेसबुक आइडीमार्फत आफ्ना नग्न तस्बिर सार्वजनिक गरेपछि सहन नसकेर हत्या गरेको अभियुक्त महिलाले प्रहरी बयान दिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए ।

महिलाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको बताएकी छिन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन् । त्यसपछि शवको व्यवस्थापनका लागि घरमा राखिएको सुटकेस र जेब्रा झोला निकालेर शवको टुक्रा पारेकी थिइन् ।

घट्ना घटेको दिन प्रहरीले विशेष तालिमप्राप्त कुकरसमेत परिचालन गरेर अनुसन्धान सुरु गरेको थियो । तर लामो समयसम्म पनि शव कस्को भन्ने कुरा पत्ता लाग्न सकेको थिएन । मृतकको सनाखतका लागि मृतकको तस्बिर प्रहरीले सार्वजनिक गरेको थियो ।

मृतकको पहिचान खुलेसँगै क्लुहरुको सहयोगमा प्रहरी महिलासम्म पुग्न सफल भएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापा गाउँपालिकामा सशस्त्र प्रहरीद्वारा मोटरसाइकलसहित ब्राउनसुगर बरामद

Read More →