Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

गुल्मीका कोरोना सङ्क्रमित शिक्षकको शव जंगलमा गाडियो

९ जेठ,   खबरमञ्च,   at 7:04 PM

By   /  May 22, 2020  /  Comments Off on गुल्मीका कोरोना सङ्क्रमित शिक्षकको शव जंगलमा गाडियो

    Print       Email

काठमाडौं । गुल्मीका कोरोना सङ्क्रमित शिक्षकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

उपचारका क्रममा रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको झण्डै ३१ घण्टापछि मदाने गाउँपालिका ६ पुर्कोट दहका शिक्षकको शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अस्पताल प्रशासन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिबिच छलफलपछि आज अपराह्न पौने २ बजे बुटवलदेखि पूर्वतर्फको जङ्गलमा व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

यही जेठ १ गते उपचारका लागि रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पताल भर्ना हुनुभएका उनको जेठ ८ गते बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कर्मचारीकाे मात्र हाेइन, राष्ट्रपति र प्रधानमन्त्रीकाे पनि तलब कटाैति गरियाेस्ः संग्राैला

Read More →