
बिर्तामोड । गुप्ताङ्गमा लुकाएर लागू पदार्थ ब्राउनसुगर नेपाल ल्याउँदै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार दिउँसो ३.३० बजे भारतबाट नेपालतर्फ आउँदै गरेका कमल गाउँपालिका वडा नं. ६ बस्ने २० वर्षिय नवराज भट्टराईलाई मेची पुलमा लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।
चेकजाँच गर्ने क्रममा उनले गुप्ताङ्गमा लुकाएर ल्याउँदै गरेको २० ग्राम ब्राउनसुगर बरामद भएको थियो।
भट्टराईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।