Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

गायक रामकृष्ण ढकाल दम्पतिबीच सम्बन्ध विच्छेद

९ पुस,   खबरमञ्च,   at 5:14 PM

By   /  December 25, 2019  /  Comments Off on गायक रामकृष्ण ढकाल दम्पतिबीच सम्बन्ध विच्छेद

    Print       Email

काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी श्रीमती औपचारिक रुपमा छुट्टिएका छन्। उनीहरुबीच सम्बन्धविच्छेद भएको छ।

बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए।

उनका अनुसार न्यायाधीश विदुर कोइरालाको इजलासले मुद्दा टुंग्याएको हो।

सम्बन्धविच्छेदका लागि निलम शाहले मंगलबार निवेदन दिएकी थिइन्।

उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन्। शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

Read More →