Loading...
You are here:  Home  >  अपराध  >  Current Article

गाँजा तान्ने निहुँमा कनकाई ३ झापाका २२ बर्षिय चौधरीको बञ्चरो प्रहार गरि हत्या

२९ असोज,   खबरमञ्च,   at 1:46 PM

By   /  October 15, 2020  /  Comments Off on गाँजा तान्ने निहुँमा कनकाई ३ झापाका २२ बर्षिय चौधरीको बञ्चरो प्रहार गरि हत्या

    Print       Email

बिर्तामोड । झापाको कनकाई नगरपालिका– ३ एकान्तटोलका २२ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ।

बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय अनारमनीले हत्यामा संलग्न भएका कनपा ७ का २२ वर्षीय रविन राजवंशी (टल्के) लाई सार्वजनिक गरिएको छ ।

चौधरीकोे शव बुधबार विहान ६ बजे कनपा –३ एकान्त टोल नजिकै सुरुङा खोलाको बाँस घारीमा फेला परेको थियो । चौधरीलाई टल्केले बञ्चरोले हानेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका टल्केले अभिषेक चौधरीको हत्या आफैले गरेको स्वीकार गरिसकेका छन् ।

मंगलवार राती अभिषेक र टल्के बिच भेट भएको थियो । अभिषेकले चौधरीलाई १ सय रुपैयाँको गाँजा किन्न पठाएको र गाँजा ल्यार्एपछि टल्केलाई खान दिन्न भनेपछि उनले घरबाट बञ्चरो ल्याई प्रहार गरेको प्रहरीको भनाई छ ।

मिलेर खानुपर्छ भन्दै लिन पठाएर ल्याएपछि दिन्न त गर्छस् भनेपछि उनीहरु बिच विवाद भएको अनुसन्धानमा खटिएका इप्रका विर्तामोडका डिएसपी मुकुन्द रिजालले जानकारी दिए । चौधरीलाई पछाडिबाट बञ्चरो प्रहार गरेर मारिएको छ ।

घटनाको सूचना प्राप्त हुनासाथ बिर्तामोड प्रहरीले दिनभरमा हत्यामा संलग्नलाई पक्राउ गरेको छ । घटनास्थलमा फेला परेका विभिन्न प्रमाणका आधारमा टल्केलाई समातिएको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दुई किशोरीमाथि सामूहिक बलात्कार, आठ जना पक्राउ

Read More →