
विर्तामोड । कोरोना भाइरसको महामारीका कारण स्वास्थ्य क्षेत्रमा उल्लेख्य पूर्वाधार निर्माण गर्नुपर्ने तथा जनशक्ति व्यवस्थापन गर्नुपर्ने भएकाले यस बर्ष प्रदेश १ सरकारले सामाजिक विकास मन्त्रालयलाई गत सालको भन्दा बढी पैसा विनियोजन गरेको छ।
कोरोनाभाइरस महामारीले सामाजिक विकास मन्त्रालयको बजेटलाई सकारात्मक बनाएको छ। अन्य मन्त्रालयको तुलनामा यसपटकको बजेटले मन्त्रालयको बजेटमा उल्लेख्य बृद्धि गरेको छ।
यसपटकको कुल बजेटमा १३ दशमलव ५१९ प्रतिशत बृद्धि गरि मन्त्रालयले ५ अर्ब ५२ करोड ९३ लाख २० हजार रुपैया पाएको छ।
जुन गत वर्षको तुलनामा बढि हो । गतवर्ष, यस मन्त्रालयले कुल बजेटको ९ दशमलव ८७४ प्रतिशत गरि कुल ४ अर्ब १६ करोड ६८ लाख ७५ रकम बिनियोजन गरिएको थियो।