
झापा । विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिना छैटौं पटक फाइनल प्रवेश गरेको छ।
मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ गोल गर्दा लियोनेले मेसीले एक गोल र एक असिस्ट गरेका थिए।
जितसँगै अर्जेन्टिनाले यसअघि २०१८ को विश्वकपमा समूहचरणमा क्रोएसियासँग ३-० लेनै हारेको खेलको बदला समेत लिएको छ।
यसअघि अर्जेन्टिना पछिल्लो पटक २०१४ को विश्वकपको फाइनलमा प्रवेश गरेको थियो।
अर्जेन्टिना उक्त फाइनलमा जर्मनीसँग १-० ले पराजित हुँदै विश्वकप उपाधि जित्नबाट बञ्चित भएको थियो।