Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

क्रिकेटर सन्दीप लामिछाने आज बिहान १० बजे नेपाल आइपुग्ने

२० असोज,   खबरमञ्च,   at 8:01 AM

By   /  October 6, 2022  /  Comments Off on क्रिकेटर सन्दीप लामिछाने आज बिहान १० बजे नेपाल आइपुग्ने

    Print       Email

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज बिहान १० बजे नेपाल आइपुग्ने भएका छन् ।

कतार एयरवेजबाट उनी १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

१७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनी नेपाल बाहिर छन् । इन्टरपोलले उनका नाममा रेडकर्नर नोटिससमेत जारी गरिसकेको छ ।

उनले आफू निर्दोष रहेको र आफूलाई फसाइएको दाबी गर्दै आएका छन् । नेपालको न्यायालयले आफूलाई न्याय दिनेसमेत उनले बताउँदै आएका छन् ।

सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ ।

काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मोरङको विराटनगरमा बम जस्तो शंकास्पद वस्तु भेटियो

Read More →