Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

क्रमिक रुपमा उकालो लाग्दै कोरोना संक्रमण, बिहीबार ७१० जनामा संक्रमण पुष्टि

१२ साउन,   खबरमञ्च,   at 4:29 PM

By   /  July 28, 2022  /  Comments Off on क्रमिक रुपमा उकालो लाग्दै कोरोना संक्रमण, बिहीबार ७१० जनामा संक्रमण पुष्टि

    Print       Email

काठमाडौं । नेपालमा कोरोना संक्रमण क्रमिक रुपमा उकालो लाग्दै गएको छ ।

बिहीबार थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५ सय ४१ पिसिआर परिक्षणका क्रममा ५ सय २४ जना र २ हजार ४ सय ८४ एन्टीजेन परिक्षणका क्रममा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ६२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ सय १५ संक्रमित निको हुदा अहिलेसम्म ९ लाख ६९ हजार २ सय १९ जना निको भएका छन् । हाल नेपालमा ४ हजार २ सय ३६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन

Read More →