Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

क्यानडाद्वारा भारतबाट हुने ‘डाइरेक्ट फ्लाइट’माथिको प्रतिबन्ध एक महिना थप

५ साउन,   खबरमञ्च,   at 11:18 AM

By   /  July 20, 2021  /  Comments Off on क्यानडाद्वारा भारतबाट हुने ‘डाइरेक्ट फ्लाइट’माथिको प्रतिबन्ध एक महिना थप

    Print       Email

काठमाडौं । क्यानडा सरकारले भारतबाट हुने सिधा हवाई उडानमाथि लगाएको प्रतिबन्ध थप एक महिना बढाएको छ।

भारतमा कोभिड १९ संक्रमणको दोस्रो लहर फैलिरहेको अवस्थामा क्यानडाले अफ्रिल २२ मा भारतबाट हुने ‘डाइरेक्ट फ्लाइट’ माथि पहिलोपटक प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि क्यानडाले चारपटकसम्म प्रतिबन्धको समय थपेको हो । यसअघिको प्रतिबन्ध जुलाई २१ मा सकिँदै थियो ।

अहिले क्यानडा सरकारले अगस्ट २१ सम्मका लागि प्रतिबन्धको समय बढाएको हो । जनस्वास्थ्यलाई ध्यानमा राख्नै फेरि प्रतिबन्ध बढाएको क्यानडा सरकारले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक सवारी साधनमा नयाँ भाडादरः काँकरभिट्टा-काठमाडौं १४७० रुपैयाँ

Read More →